बंगलादेशको डिपोमा विस्फोट, कम्तीमा ५ को मृत्यु, २० गम्भीर घाइते
काठमाडौं (एजेन्सी) । बंगलादेशको दक्षिणपूर्वी सहरको एक डिपोमा विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । दर्जनौं घाइते छन् ।
सीताकुण्ड सहरमा रहेको कन्टेनर भण्डारण केन्द्रमा आगो निभाउन दमकल बोलाएपछि विष्फोट भएको हो ।
बिबिसीका अनुसार, घाइतेमध्ये २० को अवस्था गम्भीर छ । उपचारमा संलग्न चिकित्सकले एएफपीलाई बताएअनुसार, उनीहरूको शरीरका ६० देखि ९० प्रतिशत भाग आगोले जलेको छ ।
अहिलेसम्म आगलागीको कारण खुलेको छैन ।
डिपोमा राखिएका केही कन्टेनरमा केमिकल स्टोर गरी राखिएको विश्वास गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्थानीय समाचार आउटलेट प्रोथोमालोका अनुसार विस्फोटले नजिकैका धेरै भवनका झ्यालहरू चकनाचुर पारेको छ । विस्फोट ४ किलोमिटर टाढासम्मको क्षेत्रमा महसुस गरिएको बताइएको छ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया