सातामा दुई दिन बिदाबाट जनतालाई सास्ती भो, तत्काल खारेज गर : चौधरी
काठमाडौं । नेकपा एमालेकी नेत्री शान्ता चौधरीले सातामा दुई दिन बिदा अति अव्यवहारिक देखिएको बताएकी छन् । यसबाट जनताले दुःख पाएकाले तत्काल खारेज गर्नुपर्ने उनको माग छ ।
‘आइतबारसमेत हप्तामा दुई दिन बिदा दिने कुरा अति अव्यवहारिक रहेछ,’ चौधरीले लेखेकी छन्, ‘जनताले दुःख पाए । तत्काल खारेज गर ।’
कामभन्दा बिदा बढी भएकाले जनबोली सुनेर यसलाई सच्याउन चौधरीको आग्रह छ ।
पेट्रोलियम पदार्थको खपत कम गर्ने भन्दै सरकारले यसअघि दिँदै आएको शनिबारको सार्वजनिक बिदामा आइतबार थपेर दुई दिन बनाएको छ । यसबाट आमनागरिकले असुविधा झेलेकाले खारेज गर्नुपर्ने माग उठिरहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया