सुनको मूल्य ६०० रूपैयाँ घट्यो
काठमाडाैं । साताको पहिलो दिन सुनको मूल्य तोलामा ६ सय रूपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य ९७ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
गत शुक्रबार छापावाल सुन तोलामा ९८ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । यसैगरी आइतबार तेजावी सुन तोलामा ९७ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी प्रतितोला १५ रूपैयाँ घटेर १२ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी तोलामा १२ सय ९० रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया