सत्ता गठबन्धनमा तनावबीच बस्दै मन्त्रिपरिषद् बैठक
काठमाडौं । एमसिसीले सत्ता गठबन्धनमै तनावको स्थिति पैदा भइरहेका बेला आज दिउसो मन्त्रिपरिषद्को बैठक बैठक बस्दैछ ।
एमसिसी पास गरेर जाने विषयमा सत्तारुढ दल कांग्रेस सकारात्मक छ । तर सत्ता सहयात्री दलहरू माओवादी र नेकपा एस सकारात्मक छैनन् । यसैले आज नै तीन बजेलाई बोलाइएको सत्ता गठबन्धनको बैठक ५ बजेलाई सारिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीचको छलफलपछि गठबन्धन बैठक दुई घण्टा ढिलो बस्ने गरी सारिएको हो ।
तर त्यसअघि नै २ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । सत्ताको नेतृत्व गरिरहेको कांग्रेस एमसिसी जसरी पनि पास गरेरै जानुपर्ने मतमा रहेको छ । यसका लागि गठबन्धन तोडिए पनि बहुमत पुर्याउने प्रयासमा देउवा लाग्न सक्ने देखिएको छ । यसैले मन्त्रिपरिषद्को बैठकलाई महत्वका साथ हेरिएको छ ।
कांग्रेसले माओवादी र नेकपा एसको विकल्पमा एमालेसँग सत्ता साझेदारी गरेर अघि बढ्ने पनि बताइन्छ । तर एमालेले कुनै औपचारिक निर्णय र अडान अगाडि सारिसकेको छैन ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया