टेकुमा पेट्रोल पम्पको ट्यांकी बिस्फोट हुँदा दुईजना घाइते

काठमाडौं । काठमाडौंको टेकुस्थित एउटा पेट्रोल पम्पको इन्धन राख्ने ट्यांकीमा बिस्फोट भएको छ । विष्फोट हुँदा दुईजना घाइते भएका छन् ।
टेकुस्थित कनक पम्पको ट्यांकीमा आइतबार साँझ ५ बजे विष्फोट हुँदा दुईजना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
बिस्फोटबाट पर्सा जगन्नाथपुर गाउँपालिका–३ घर भइ काठमाडौंको कालिमाटी बस्ने ३० वर्षीया किशोरी साह र १८ वर्षीय दीपककुमार साह घाइते छन् ।
इन्धन राख्ने ट्यांकीको ढक्कन वेल्डिङ गर्ने क्रममा अकस्मात भित्रबाट ग्यास बिस्फोट भएको बताइएको छ ।
ताजा अपडेट
-
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित
-
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
-
प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
प्रतिक्रिया