हिमालयन हाइड्रोपावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं । हिमालयन हाइड्रोपावर लिमिटेडको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले सो आइपिओमामा आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।
कम्पनीको उक्त आइपिओमा यसभन्दा अघि पुन : म्याद थपेर आजसम्म बनाइएको थियो । हाइड्रोपावरले वैशाख २६ गतेदेखि कास्की जिल्लाका प्रभावित वासिन्दाहरुका लागि आइपिओ निष्काशन गरेको थियो । उक्त आइपिओमा लगानीकर्ताले जेठ ८ गतेसम्म आवेदन खुलाएकोमा थपेर जेठ २३ गतेसम्म पु-याएको थियो ।
हाइडोपावरले जारी पुँजीको १ अर्ब ९ करोड ५० लाख रुपैयाँ अर्थात ८.२२ प्रतिशत सेयर निष्कानशन गरेको थियो । जसमध्ये कास्की जिल्लाको मादी गाउँपालिका वडा न. १,२,३,४,६ र ७ का स्थानिय वासिन्दाले आवेदन दिन सक्नेछन् ।
हाइड्रोपावरले ९ करोड रुपैयाँ बराबरको प्रतिसेयर सय अंकित मुल्यका ९ लाख कित्ता साधारण सेयर निष्काशन गरेको छ । लगानीकर्ताले उक्त आइपिओमा न्यूनतम १० कित्ता देखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
स्थानीयले आइपिओमा आवेदन दिँदा मुक्तिनाथ विकास बैंकको कास्कीमा रहेको काहुँखोला, अमरसिंह, बढीबजार शाखा कस्की, गरिमा विकास बैंकको कास्कीमा रहेको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौंडा, बुद्धचोक, तालचोक र हेम्जा शाखाबाट आवेदन दिन सकिने छ ।
यस्तै धितोपत्र बोर्डबाट सी९आस्वा सदस्य पाएका बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिने छ । उक्त आइपिओको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
प्रतिक्रिया