काठमाडौंको फर्पिङस्थित जंगलमा दुई युवा-युवती मृत फेला
काठमाडौं । दक्षिणकाली नगरपालिका वडा नम्बर ५ मा पर्ने फर्पिङको जंगलमा दुई युवा–युवती मृत अवस्थामा फेला परेका छन् ।
अन्दाजी २०/२२ वर्षका दुवै जनाको शव सोमबार बिहान प्रहरीले फर्पिङस्थित चेकप्वाइन्टबाट झण्डै एक किलोमिटरमाथि थाखेलतर्फ जाने बाटोमा मृत अवस्थामा भेटेपछि थप अनुसन्धानका लागि टोली खटाएको छ । मृतकको पहिचान भने खुलेको छैन ।
अनुसन्धानमा काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट अनुसन्धान टोली घटनास्थल पुगेका छन् ।
प्रहरीका अनुसार घटनास्थलमा औषधि राख्न प्रयोग गरिने जस्तो बट्टा फेला परेको तर त्यसभित्र के थियो भन्ने बारे केही नखुलेको बताए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया