बलात्कारसम्बन्धी मुद्दामा उजुरी दिने हदम्यादमा तत्काल पुनर्विचार नहुने
काठमाडौं । सरकारले बलात्कारसम्बन्धी मुद्दामा उजुरी दिने हदम्यादमा तत्काल पुनर्विचार नगर्ने भएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले सोमबार सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै विद्यामान कानुनमा पुनर्विचार नहुने बताए ।
‘हदम्यादसम्बन्धी विषयमा तपाईंहरूले उठाएको विषयमा सरकार गम्भीर छ । यसबारे अध्ययन गर्न कानुन आयोगलाई निर्देशन दिइसकेको छ’, मन्त्री बन्दीले भने, ‘एउटा घटनाबारे सार्वजनिक बहस हुँदैमा हदम्यादसम्बन्धी कानुन संशोधन हुँदैन । यसबारे सर्वोच्चको नजिर, विभिन्न देशमा भएका हदम्याद सम्बन्धी व्यवस्था र नेपाली समाजको बस्तुगत अवस्थाबारे अध्ययन प्रतिवेदन आएपछि मात्र प्रक्रिया अगाडी बढ्नेछ ।’
बलात्कार तथा यौनजन्य घटनामा उजुरी दिन विद्यामान कानुन संशोधन गरी हदम्याद हटाउन सांसदरूले सरकारले सुझाव दिएका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया