उच्च रक्तचाप नियन्त्रण गर्न बिहानै पिउनुहोस् याे चिया
काठमाडौं । अहिलेको व्यस्त समयमा गलत खानपान र तनावका कारण रक्तचापको समस्या सामान्यजस्तै बनेको छ । यो रोगलाई पटक्कै बेवास्ता गर्नु हुँदैन । यसका लागि उच्च रक्तचापको लक्षण देखिए तुरुन्त चिकित्सकसँग परामर्श लिनुपर्छ ।
साथै, रक्तचाप नियन्त्रण गर्न नुनको सेवन कम गर्ने र पोटासियम युक्त खानेकुरा बढी खाने, धुम्रपान र मद्यपानबाट टाढा बसेर दैनिक व्यायाम गर्ने गर्नुपर्छ ।
यदि तपाई पनि रक्तचापका बिरामी हुनुहुन्छ र रक्तचाप नियन्त्रण गर्न चाहनुहुन्छ भने यो हर्बल चिया दिनहुँ पिउनुहोस् । हर्बल चियाको सेवनले रक्तचापलाई नियन्त्रणमा राख्छ भन्ने धेरै अनुसन्धानमा खुलासा भएको छ ।
हरियो धनियालाई आयुर्वेदमा औषधीको दर्जा दिइएको छ । यो रक्तचापसहित अन्य धेरै रोगहरूमा लाभदायक साबित भएको छ । अमेरिका र युरोपलगायत विश्वका धेरै देशहरूमा स्वादका लागि यसको प्रयोग गरिन्छ ।
यसमा क्यारोटिनोइड्स र भिटामिन सीको गुण पाइन्छ, यसले रक्तचाप नियन्त्रणमा धेरै फाइदा पुर्याउँछ । ब्राजिलमा धनिया सबैभन्दा बढी खपत हुने एक अनुसन्धानले देखाएको छ । यसलाई हर्बल चिया बनाएर पनि सेवन गर्न सकिन्छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया