आइतबार सार्वजनिक विदा दिने निर्णय खारेज
काठमाडौं । आइतबार पनि सार्वजनिक विदा दिने यसअघिको निर्णयबाट सरकार पछि हटेको छ । असार १ बाट लागू हुनेगरी सो विदा हटाइने निर्णय भएको हो ।
गत बैशाख २६ गतेको मन्त्रिपरिषद्ले गरेको उक्त निर्णयबाट सरकार आज पछि हटेको छ ।।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन विदा दिने निर्णय खारेज गरेको एक मन्त्रीले बताए । यद्यपि, यसको आधिकारिक आधारिक निर्णय भने आएको छैन ।
शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा दिने निर्णय खारेजको माग गर्दै आजैमात्र सर्वोच्च अदालतमा रिट दायर भएको थियो । उक्त रिटमाथि मंगलबारका लागि पेसी तोकिएको थियो ।
आइतबार विदा दिने निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट – NepalWatch
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया