आइतबार सार्वजनिक विदा दिने निर्णय खारेज
काठमाडौं । आइतबार पनि सार्वजनिक विदा दिने यसअघिको निर्णयबाट सरकार पछि हटेको छ । असार १ बाट लागू हुनेगरी सो विदा हटाइने निर्णय भएको हो ।
गत बैशाख २६ गतेको मन्त्रिपरिषद्ले गरेको उक्त निर्णयबाट सरकार आज पछि हटेको छ ।।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन विदा दिने निर्णय खारेज गरेको एक मन्त्रीले बताए । यद्यपि, यसको आधिकारिक आधारिक निर्णय भने आएको छैन ।
शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा दिने निर्णय खारेजको माग गर्दै आजैमात्र सर्वोच्च अदालतमा रिट दायर भएको थियो । उक्त रिटमाथि मंगलबारका लागि पेसी तोकिएको थियो ।
आइतबार विदा दिने निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट – NepalWatch
प्रतिक्रिया