काठमाडौं महानगरले कल सेन्टर सञ्चालनमा ल्यायो
काठमाडौं । काठमाडौं महानगरपालिकाको कल सेन्टर आजदेखि सञ्चालनमा आएको छ । महानगरले गुनासो तथा सोधपुछका लागि १६६००१, ०५५११ टोल फ्रि नम्बरमा खुल्ला गरेको हो ।
महानगरका प्रमुख (मेयर) बालेन शाहले जनताका सुनासा सुन्न र पारदर्शिताका लागि कल सेन्टर सुरु गरिएको बताए ।
‘महानगर के गर्दैछ जनताले सोध्न पाउनु पर्छ । सेन्टरको क्षमता एकैपटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने खालको छ । अहिले ५ वटाबाट थालेका छौँ,’ उनले भने ।
यसअघिको पहिलो नगर कार्यपालिकामा मेयर शाहले कल सेन्टरको अवधारणा अघि सारेका थिए ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया