जग्गा विवादले बारामा झडप, एक जनाको मृत्यु

काठमाडौं । जग्गा नापजाँच विषयले उत्पन्न विवादका क्रममा दुई पक्षबीच कुटपिट हुँदा बारामा एक जनाको ज्यान गएको छ । घटनापछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
बाराको आदर्श कोतवाल गाउँपालिका–६ मा सोमबार दिउँसो जग्गा विवादका क्रममा भएको कुटपिटबाट सोही स्थानका प्रभुप्रसाद कुशवाहाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार, जग्गा विवादपछि भएको कुटपिटबाट घाइते कुशवाहलाई उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज लगिएको थियो । त्यही उपचारका क्रममा गएराति उनको मृत्यु भएको हो ।
प्रहरीले कुशवाहमाथि कुटपिटमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । स्थानीयवासी किशोरी कुशवाहा र रामप्रवेश महतोलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित
-
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
-
प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
प्रतिक्रिया