लोसपाले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रका ११ वटा मागमा के–के छन् ?
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीे प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । रेशम चौधरीसहितका मधेस, थरुहट आन्दोलनका बन्दी रिहाइको माग गर्दै लोसपाले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको हो ।
पत्रमा वैवाहिक अंगीकृत सम्बन्धी हालसम्म कायम रहेको कानूनी व्यवस्थालाई निरन्तरता दिन पनि माग गरिएको छ ।
उत्पीडित समुदाय मधेसी, थारु, आदिवासी जनजाति, शिल्पी, महिला, मुस्लिम लगायतको सम्मान, पहिचान र अधिकार प्राप्तिको लागि संविधान संसोधन गर्न पनि माग गरिएको छ । जनसंख्याका आधारमा स्थानीय तह, प्रदेशसभा र संंघीय संसदमा प्रतिनिधित्वको व्यवस्थापन गर्नेसहितका ११ वटा माग लोसपाले अघि सारेको हो ।
ज्ञापनपत्र बुझाउन अधयक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारीसहितका नेता बालुवाटार पुगेका थिए ।
यस्ताे छ ज्ञापनपत्र

ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया