इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने सबैलाई कारवाही हुन्न : यातायात व्यवस्था विभाग
काठमाडौं । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर नजोड्ने सबै सवारी साधनलाई कारवाही नहुने स्पष्ट पारेको छ ।
मंगलबार विभागले एक विज्ञप्ति जारी गर्दै साउन १ बाट सडकमा गुड्ने सबै सावारी साधनलाई इम्बोस्ड नम्बर अनिवार्य नगरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
‘४० दिनमा अहिले दर्ता कायम भएका सबै सवारी साधन त परै जावस् अहिलेकै गतिमा इम्बोस्ड नम्बर जाडान हुने हो भने २५ लाख सवारी साधन मध्ये केही प्रतिशत सवारी साधनमा जडान गर्न सकिने देखिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।
तर विभागले २०७८ कात्तिक २२ गतेको राजपत्रको सूचना बमोजिम जे जतिमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको छ, त्यसका लागि जडान भए÷नभएकोबारे अनुगमन अनिवार्य भएको उल्लेख छ ।
सरकारले साउन १ देखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेपछि सरकारको व्यापक आलोचना भएको थियो । चालु संसदको अधिवेशनमा उक्त निर्णयमा पुनर्विचार गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका थिए ।





ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया