रूखबाट लडेर एक जना पत्रकारको मृत्यु
काठमाडौं । रूखबाट लडेर गुम्मीमा एक जना पत्रकारको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका–४ जैसीथोक निवासी अन्दाजी ३४ वर्षका घनश्याम पोख्रेलको मंगलबार मृत्यु भएको हो ।
दिउँसो २ बजे पोखरेल आफ्नै घरभन्दा केही तल घाँस काट्ने क्रममा रूखबाट लडेका थिए । उपचारको क्रममा उनलाई गुल्मी अस्पताल पु¥याए पनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
उनी नवलपरासीस्थित रेडियो दौतरीका स्टेसन म्यानेज र प्रेस सेन्टर नवलपरासीका अध्यक्षसमेत रहेका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया