एकीकृत समाजवादीनिकट युवा संघले शुक्रबार एमसिसीविरुद्ध प्रदर्शन गर्ने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले विवादित अमेरिकी परियोजना एमसिसीविरुद्ध प्रदर्शन गर्ने भएको छ । संघले शुक्रबार प्रदर्शन गर्ने भएको हो ।
सरकारले पटक–पटक एमसिसी संसद्मा पेस गर्ने तयारी गरेको हुँदा युवा संघले आन्दोलनको घोषणा गरेको संघका सचिव नरेश गिरीले बताए ।
एमसिसी राष्ट्रहीतविपरित रहेकाले आफूहरू देशव्यापी आन्दोलनमा उत्रनुपरेको संघका उपमहासचिव तथा प्रवक्ता सञ्जीप राईकाे भनाइ छ ।
‘एमसिसी दान नभइ ऋण रहो । एमसिसी नेपालको कानुन र संविधानभन्दा माथि हुनेगरी सम्झैता हुनलाग्दा हामी चुप लागेर बस्दैनौं’, नेपालवाचसँग उनले भने ।
शुक्रबार एमसिसी संसद्मा टेबुल गर्ने सम्भावना देखिएकाले आफूहरूले त्यसविरुद्ध प्रदर्शन गर्ने तयारी गरेको युवा संघका सचिव तथा गैरभौगोलिक प्रदेश अध्यक्ष सुशील भट्टराईले बताए ।
‘भोलि ६ गते सांसद्मा एमसिसी टेबुल गर्ने षड्यन्त्र देखिएको हुँदा देशभक्त प्रगतिशील युवाहरूले आन्दोलन गर्नेछौं’, उनले भने ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया