कोरोना बीमाको रकम भुक्तानी दिन अदालतको आदेश
काठमाडौं । पत्रकारको कोरोना बीमाबापतको रकम भुक्तानी गर्न उच्च अदालत विराटनगरले बीमा कम्पनीका नाममा परमादेश जारी गरेको छ ।
उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन थारू र न्यायाधीश जगतनारायण प्रधानको संयुक्त इजलासले कोरोना बीमाको रकम भुक्तानी गर्न अजोड इन्स्योरेन्स कम्पनीका नाममा गत सोमबार परमादेश दिएको हो ।
नेपाल पत्रकार महासंघ मोरङ शाखाले आफ्ना सदस्यहरूको कोरोना बीमाबापतको रकम भुक्तानीका लागि परमादेश माग गर्दै ०७८ भदौ २१ मा उच्चमा रिट दायर गरेको थियो । निवेदकको पक्षमा परमादेश आदेश भएको अदालतका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए ।
कोरोना बीमाको रकम भुक्तानी गर्नुपर्ने दबाब चौतर्फी बढ्न थालेपछि सरकारले तिर्नुपर्ने रकम जुटाउनका लागि अर्थ मन्त्रालयले एक समिति गठन गरेको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसहितको टोलीसँगको भेटमा अर्थ सचिव मधु मरासिनीले उक्त जानकारी दिएका हुन् । अर्थ मन्त्रालयअन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख रमेश केसीको संयोजकत्वमा गठित समितिमा राजस्व महाशाखा प्रमुख भूपाल बराल र बजेट महाशाखा प्रमुख चक्रबहादुर बुढा सदस्य छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया