चितवनमा नयाँ चरा भेटियो
चितवन । चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ ।
नेपाल पन्छीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११, पिडहनी क्षेत्रमा धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको हो ।
छ दिनअघि वर्ड एजुकेशन सोसाइटी सौराहाका सदस्य राजु तामाङले सो चराको तस्वीर लिएका थिए । नयाँ चरा भेटिएपछि चराविज्ञ डा. हेमसागर बरालसहितको विज्ञ समूह मङ्गलबार चितवन आएर थप अध्ययन गरेको थियो ।
बिडारीका अनुसार मङ्गलबार पनि चरा भेटिएको थियो । विज्ञहरूले उक्त चरा चाइनिज पोण्ड हेरोन भएको बताएका छन् ।
यो चरा चीन, भारत, हङ्कङलगायत देशमा पाइन्छ ।
फिरन्तेका रूपमा यो चरा यहाँ आएको हुनसक्ने अनुमान गरिएको छ । यो चरा लजालु स्वभावको भएको बिडारी बताउँछन् ।
यससँगै नेपालमा चराको प्रजाति सङ्ख्या ८९१ पुगेको छ । चितवनमा मात्रै ६५० प्रजातिका चरा रहेको पाइएको छ ।
ताजा अपडेट
-
राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीको निर्देशन
-
असोज ९ देखि ११ सम्म भारी वर्षाको सम्भावना
-
दसैँको अग्रिम टिकट बुकिङ मौसमको अवस्था हेरेर मात्रै खुलाइने
-
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
-
राजदूत नियुक्तिमा आफ्नै मापदण्ड पालना नगरेको सांसद शाहीको आरोप


प्रतिक्रिया