नेपालमा लगानी गर्न चिलीलाई चेम्बरको आग्रह
काठमाडाैं । नेपाल चेम्बर अफ कमर्शले नेपालमा लगानी गर्न चिलीलाई आग्रह गरेको छ । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र नेपालका लागि चिलीका राजदूत जुवान एङ्गुलोबीच मंगलबार चेम्बर भवन कान्तिपथमा भएको भेटमा चेम्बरका अध्यक्ष एवं पदाधिकारीले चिलीलाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।
भेटमा चेम्बरका अध्यक्ष मल्लले नेपालमा पर्यटन, जलस्रोत, सूचना प्रविधि, जडीबुटीलगायत क्षेत्रमा लगानीको अथाह सम्भावना रहेको उल्लेख गर्दै लगानी गर्न चिलीलाई आग्रह गर्नुभएको हो । “नेपाल र चिलीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पूरा भएको छ, हामी सरकारी र निजी क्षेत्रबीचको सहकार्यमार्फत चिलीसँग आर्थिक सम्बन्ध थप बलियो र प्रभावकारी बनाउन चाहन्छौँ,’ उनले भने ।
अध्यक्ष मल्लले सो अवसरमा नेपाल चेम्बर र चिली चेम्बर अफ कमर्शबीच वाणिज्य तथा लगानीका क्षेत्रमा सहकार्य गर्न राजदूत एङ्गुलोलाई आग्रह गरेका थिए । ‘वैदेशिक लगानीको सुरक्षणका लागि नेपालले पछिल्लो समय नीतिगत तहमा थुप्रै सुधार गरिसकेको छ आगामी वर्षको बजेटमा पनि सरकारले ५० वर्षसम्म जग्गा भाडामा उपलब्ध गराउने घोषणा गरेको छ, चिलीको लगानी सुरक्षण गर्न हामी प्रतिबद्ध छौँ,’ उनले भने ।
अध्यक्ष मल्लले नेपालमा जग्गाको मूल्य र श्रमको लागत सस्तो पर्ने भन्दै चिलीको लगानीमा उद्योग खोलेर भारत, चीनलगायत दक्षिण एसिया, युरोप र अमेरिकी बजारमा बिक्री गर्न सकिने बताए । भेटमा राजदूत एङगुलोले नेपालको वर्तमान आर्थिक अवस्था र लगानीको वातावरणबारे जानकारी लिएका थिए । उनले नेपाल हिमालयको देश भएकाले पर्यटन क्षेत्रको अथाह सम्भावना रहेको बताए । नेपालमा लगानीको सम्भावनाबारे आफ्नो देशको निजी क्षेत्र र नागरिकलाई जानकारी गराउने उनको भनाइ थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया