निर्धारित समयभित्रै कर नबुझाए नगरपालिकाले सेवा रोक्का गर्ने
कञ्चनपुर । बेलौरी नगरपालिकामा तोकिएको समयावधिभित्र कर नबुझाउने करदाताको सेवा रोक्का गरिने भएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५८ र आर्थिक ऐन, २०७६ को नियम ७ ले दिएको अधिकारअनुसार नगर क्षेत्रभित्र सञ्चालनमा रहेका व्यवसायी, उद्योग, वित्तिय सङ्घसंस्था, कृषि तथा अन्य सहकारी संस्था, लघुवित्त वित्तिय संस्था, बीमा कम्पनी र अन्य व्यवसायीलाई वार्षिकरुपमा बुझाउनु पर्ने कर बुझाउन नगरपालिकाले आह्वान गरेको छ ।
कर बुझाउनका लागि नगरपालिकाले आगामी असारको २० गतेसम्म समय सीमा तोकेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशिला लेखकका अनुसार निर्धारित समयावधिमा कर नबुझाउने करदाताको सेवा सुविधा रोक्का गरिने छ ।
कोभिड-१९ महामारी र त्यसपछिको आर्थिक मन्दीले व्यापार व्यवसाय धराशायी भएका बेला स्थानीय सरकारले जारी गरेको सूचना प्रति स्थानीय करदाताले असन्तुष्टि पोखेका छन् ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया