कक्षामा हल्ला गरेको भन्दै शिक्षकले विद्यार्थी कुटे
पर्सा । वीरगञ्ज महानगरपालिका–१५ पिपरास्थित गुरुकुल एकेडमीमा कार्यरत शिक्षकबाट एक विद्यार्थी कुटपिट गरिएको आरोपमा विद्यार्थीका आफन्तद्वारा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ ।
शिक्षक राजबाबु कुमारले कक्षा ७ मा अध्ययनरत १५ वर्षीय रिजुराज सिंहमाथि कुटपिट गरेको उल्लेख गर्दै विद्यार्थीका बुबा मन्टुकुमार सिंहले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन् ।
शिक्षक राजाबाबुले कक्षा कोठामा हल्ला गरेको निहुँमा पटकपटक विद्यार्थी रिजुराजमाथि टाउकोलगायत शरीरका विभिन्न भागमा कुटपिट गरेको विद्यार्थीका बुबा सिंहको आरोप छ ।
सिंहका अनुसार शिक्षक राजाबाबुले स्टिलको स्केलले टाउको र पिठ्यूँमा तथा गालामा रिजुराजलाई पटक पटक कुटपिट गर्दै आएका छन् । गुरुकुल एकेडमीमका प्रधानाध्यापक रामबाबुप्रसाद साहले विद्यार्थीलाई कुटपिट नभएको अभिभावकले अफवाह मात्र फैलाएको प्रतिक्रिया दिए ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया