न्युरोडको रञ्जना गल्लीमा एक युवकको शव भेटियो
काठमाडौं । काठमाडौंको न्युरोडस्थित रञ्जना सोडा गल्लीमा एक युवकको शव भेटिएको छ । प्रहरीका अनुसार टेकुका ३४ वर्षीय सुरेन महर्जनको शव भेटिएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार बुधबार बिहान साढे ६ बजे स्थानीयवासीले अर्धचेत अवस्थामा महर्जनलाई देखेपछि प्रहरी टोली घटनास्थलमा पुग्दा शव भेटेको थियो ।
प्रहरीका अनुसार अहिले मृतकको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । घटनाबारे थप अनुसन्धाको लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई तालिम प्राप्त कुकुरसहित खटाइएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया