न्युरोडको रञ्जना गल्लीमा एक युवकको शव भेटियो
काठमाडौं । काठमाडौंको न्युरोडस्थित रञ्जना सोडा गल्लीमा एक युवकको शव भेटिएको छ । प्रहरीका अनुसार टेकुका ३४ वर्षीय सुरेन महर्जनको शव भेटिएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार बुधबार बिहान साढे ६ बजे स्थानीयवासीले अर्धचेत अवस्थामा महर्जनलाई देखेपछि प्रहरी टोली घटनास्थलमा पुग्दा शव भेटेको थियो ।
प्रहरीका अनुसार अहिले मृतकको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । घटनाबारे थप अनुसन्धाको लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई तालिम प्राप्त कुकुरसहित खटाइएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया