झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सेञ्ज (नेप्से) का अनुसार आज नेप्से १.९४ अंकले घटेर २७३२.५१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।
बुधबार नेप्से १९.८४ अंकले घटेर २७३४.४४ बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो। बिहीबार सेन्सेटिभ इन्डेक्स ०.०२ अंकले घटेर भएर ५१८.६४ बिन्दुमा पुगेको छ । आज नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।
बिहीबार २२७ कम्पनीको ४० लाख १७ हजार ४२९ कित्ता सेयर खरिद बिक्री हुँदा दुइ अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० रूपैयाँ बराबरको कारोबार भएको छ । यस दिन कारोबारमा आएका १३ उपसमूको ५ कम्पनीबाहेक सबैको सेयरमूल्य घटेको छ ।
आज व्यापार, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेका छन् भने बाँकीको सूचक घटेका छन्।आज सबैभन्दा बढी ट्रडिङको सेयरमूल्य ०.४३ प्रतिशतले घटेको छ ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया