नागरिक उड्डयन प्राधिकरणका ७६ कर्मचारीको बढुवा सिफारिस

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका ७६ कर्मचारीको बढुवा सिफारिस गरिएको छ ।
११ औं तहको निर्देशकदेखि पाँचौं तहको वरिष्ठ सहायकसम्मका पदमा कार्यक्षमता मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारी सेवा सर्त र सुविधासम्बन्धी नियमावली, २०५६ अनुसार, बढुवा सिफारिस गरिएको प्राधिकरणले जनाएको छ ।
बढुवा सिफारिस हुनेमा १० तहका काशीनाथ पौडेलदेखि सहायक रामपुकार यादवसम्म छन् ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया