खाद्यको अधिकृत तहको लिखित परीक्षा रद्द
काठमाडौं । साविक खाद्य संस्थान (हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड) ले ०७५/७६ मा लिइएको अधिकृत छैटौं तहको खुलातर्फको लिखित परीक्षा रद्द गरेको ।
सर्वोच्चको आदेश र लोक सेवा आयोगको पत्रपछि खाद्यले साढे तीन वर्षअघि सञ्चालन गरिएको लिखित परीक्षा रद्द गरेको हो ।
खाद्यले ०७५ चैत २६ र २७ गते अधिकृत छैटौं तहको लिखित परीक्षा सञ्चालन गरेको थियो । जसविरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो ।
सर्वोच्चले यसबारे फैसला गर्दै लिखित परीक्षा रद्द गर्न भनेको थियो ।
सर्वोच्चको फैसला कार्यान्वयन गर्न लोक सेवा आयोगले पत्राचार गरेपछि २१/०७५–७६ को विज्ञापनको लिखित परीक्षा रद्द गरिएको पदपूर्ति समितिले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया