जनप्रतिनिधिलाई सिंहले भने- जनताको विश्वास जितेर काम गर्नुस्
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकामा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको विश्वास जितेर काम गर्न सुझाव दिएका छन् ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं। ९ भित्रका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद दिन आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्न सुझाव दिए ।
‘जनताले विश्वास गरेका छन्, जनताको अझ बढी विश्वास जितेर काम गर्नुस्,’ नेता सिंहले भने, ‘आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्नुस् ।’
काठमाडौं महानगरपालिकामा मेयर पद नजिते पनि ३२ मध्ये १९ वटा वडामा जितेको बताउँदै उनले चुनाव फेरि–फेरि पनि आउँछ भन्ने कुरालाई ख्याल गरेर काम गर्न सुझाव दिए । उनले भने, ‘मलजल गर्यो भने नेपाली कांग्रेस अझ राम्रो हुन्छ । पार्टी र संगठनलाई केन्द्रमा राखेर काम गर्नुस् ।’
पार्टीका नेताहरु वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतले गरेको त्याग र योगदानलाई नबिर्सन उनले सुझाव पनि दिए ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया