थप ५७० जनामा कोरोना संक्रमण पुष्टि, १९९३ संक्रमणमुक्त
काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर पाँच सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज पीसीआर परीक्षणबाट ३६४ जना र एन्टिजेन परीक्षणबाट २०६ जनामा कोरोना पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षण मात्रै नौ लाख ७४ हजार ८५७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाले कोरानाका कारण ज्यान गुमाएका छन् । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९११ जना पुगेको छ ।
आज थप एक हजार ९९३ जना निको भएसँगै देशभर कोरोनाबाट निको हुनेको संख्या नौ लाख ४६ हजार ३३० जना पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १६ हजार ६१६ जना रहेका छन् । जसमध्ये १०९ जना क्वारेन्टिनमा छन् ।

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया