आफ्नै मन्त्रीको कार्यकक्षमा सांसदले देखाए रौद्ररूप
काठमाडौं । आफ्नो निर्वाचन क्षेत्रमा बजेट नछुट्याएको भन्दै सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि आफै सांसदले अभद्र व्यवहार गरेका छन् ।
बजेट नछुट्याइएको विषयमा छलफल गर्न बिहीबार मन्त्री श्रेष्ठको कार्यकक्षमा बाराबाट निर्वाचित सजपाका सांसद रामबाबु यादव गएका थिए ।
त्यसै विषयमा विवाद चिर्किदै गएपछि आक्रोसित यादवले मन्त्रीमाथि हातपातको प्रयास गरेको प्रत्यक्षदर्शीले बताएका छन् । तर उनीसँगै मन्त्रीको कार्यकक्षमा पुगेका निलम्बित सांसद हरिनारायण प्रसाद रौनियारले मन्त्री र माननीयबीच विवाद भएपनि हातपात नभएको दावी गरेका छन् । मन्त्रीले सांसदको कुरै नसुनेपछि टेबुलमाथि रहेको बोतल बजारेको रौनियारले स्वीकार गरेका छन् ।
‘आफ्नो निर्वाचन क्षेत्रमा बजेट नपरेको विषयमा छलफल गर्न माननीय यादव मन्त्रीको कार्यकक्षमा पुग्नुभएको हो । त्यस बिषयमा मन्त्रीसँग सामान्य विवाद भयो’, नेपालवाचसँग रौनियारले भने, ‘मन्त्रीमाथि कुनै हातपात भएको छैन ।’
समानुपातिकबाट सांसद हुँदै मन्त्री हुने अनि विकास बजेटमा विभेद गर्दा आक्रोस पोखिनु स्वभाविक भएको रौनियारले प्रतिक्रिया दिए ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया