सी जिनपिङ तेस्रोपटक पनि सत्तामा पुग्ने तयारीमा

बेइजिङ । राष्ट्रपति सी जिनपिङ तेस्रोपटक पुनः सत्तामा पुग्ने तयारीमा रहेका बेला चीन कोभिड-१९ भन्दा पहिलेको जस्तो अवस्थामा नरहेको अधिकारीहरूले बताएका छन् ।
सन् २०१८ मा चीनको नेशनल पिपुल्स कङ्ग्रेसले राष्ट्रपतिको दुई कार्यकालको सीमा हटाउने प्रस्ताव अनुमोदन गरेपछि सीलाई अब आजीवन प्रभावकारी रूपमा सत्तामा रहन सक्ने बाटो खुलेको ज्योपोलिटिकल इन्फो डटले जनाएको छ ।
विश्व महाशक्ति राष्ट्र बन्ने चीनको चाहना गतिहीन भएको छ तर सर्वोच्च नेता सीले कीर्तिमानी तेस्रो कार्यकालको सत्ता सुनिश्चित गर्ने मौका खोजिरहेका छन् ।
यसैवर्ष हुने चिनियाँ कम्युनिष्ट पार्टीको २०औं राष्ट्रिय महाधिवेशनको मिति घोषणा गरिएको छैन तर मिति घोषणा भएसँगै सीको पुनः सत्तारुढ हुने चाहना अभिव्यक्त हुने अपेक्षा गरिएको छ ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया