फोहोर व्यवस्थापनबारे मेयर बालेनसँग प्रधानमन्त्रीको छलफल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई बोलाएर काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा जानकारी लिएका छन् ।
बिहीबार मेयर बालेनलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले फोहोर व्यवस्थापको विषयमा छलफल गरेका हुन् ।
फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न सरकारको साथ रहनेभन्दै प्रधानमन्त्रीले बञ्चरेडाँडका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालीन समाधान खोज्ने बताएका छन् ।
बञ्चरेडाँडामा फोहोर फाल्न खोज्दा मंगलबार र बुधबार दुई दिन स्थानीयले अवरोध गरेका थिए । स्थानीयसँग शुक्रबार पुनः वार्ता हुँदैछ ।
ताजा अपडेट
-
काभ्रे प्रहरीको कडाईः सवारी साधनमा प्रेसर हर्न र झिलिमिली बत्ती राख्न नपाइने
-
सम्बन्ध बिग्रिएपछि श्रीमतीकै गोप्य तस्वीर फेसबुकमा
-
मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु
-
संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँ : नेता निधि
-
बाँकेको जमुनाहा नाका बन्द
प्रतिक्रिया