पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरिएको छ ।
नेपाल आयल निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर ८ रूपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १२/१२ रूपैयाँ वृद्धि गरेको हो । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् छ ।
योसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७८ तथा डिजेल र मट्टितेलको मूल्य समान १६५ रूपैयाँ पुगेको छ ।
यसअघि सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णयपछि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रूपैयाँ घटाएको थियो । तर फेरि अन्तर्राष्ट्रिय बजारको मूल्यलाई देखाएर वृद्धि गरिएको छ ।
नयाँ मूल्य आजै राति १२ बजेपछि लागू हुनेछ ।
मूल्य समायोजन गरे पनि पेट्रोलियम पदार्थमा अझै घाटा रहेको निगमले जनाएको छ । निगमका अनुसार इण्डियन आयल कर्पोरेसनलाई बुझाउनुपर्ने रकम २० अर्ब बाँकी छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया