आयल निगमले झुक्यायो जनता
काठमाडौं । पेट्रोलियमको मूल्यमा सरकारले जनता झुक्याउने काम गरेको छ । गत १९ जेठमा डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार करबराबरको रकम इन्धनको मूल्यमा समायोजन गर्ने मन्त्रिपरिषद्को निर्णयअनुसार आयल निगमले प्रतिटलिटर १० रूपैयाँ मूल्य घटाएको थियो । तर त्यसको एक साता नबित्दै पुनः पेट्रोलमा आठ रूपैयाँ र डिजेल तथा मट्टितेलमा १२ रूपैयाँ वृद्धि गरिएको छ ।
इण्डियन आयल कर्पोरिसन (आइओसी) ले प्रत्येक महिनाको एक र १५ तारिखमा नयाँ खरिद मूल्य पठाउने गर्छ । तर यसबीचमा आइओसीले खरिद मूल्य बढाउँदै नबढाईकन निगमले मूल्य बढाएर जनता झुक्याएको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया