असार १७ मा गठबन्धन भत्किने चुनाव अघि आफूले गरेको भविष्यबाणी मिल्दै गएको ओलीको दावी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्ता गठबन्धनको सम्बन्धमा चुनाव अघि आफूले गरेको भविष्यवाणी मिल्दै गएको दावी गरेका छन् ।
शुक्रबार विराटनगरमा पत्रकारसँगको कुराकानीमा अध्यक्ष ओलीले निर्वाचन अघि यही आएर आफूले गठबन्धनको भविष्यवाणी गरेको भन्दै समय अघि नै त्यसको संकेत मिल्दै गएको उनले दावी गरे ।
‘असार १७ गते गठबन्धन भत्किन्छ भनेर चुनाव अघि मैले भविष्यवाणी गरेको थिएँ । त्यसको संकेत अहिले देखिन थालेको छ’, ओलीले भने, ‘पार्टीले हटाएको मन्त्रीलाई प्रधानमन्त्रीले कायमै राख्दासमेत पार्टी निरिह भएर टुलुटुुलु हेरिरहेको छ । पार्टीले गरेको निर्णय कार्यान्वायन गर्न सक्ने अवस्थामा छैन ।’
त्यस्तै उनले पार्टी विभाजन गरेर जानेलाई एमालेमा आफूले स्वागत नगर्ने बताए ।
‘बाटो विराएर जानेहरू फर्किएर आउँछन् भने त्यसको रोकतोक हुँदैन । तर उनीहरूलाई स्वागत गर्न सकिदैन’, ओलीले भने ।
त्यस्तै नीति, सिद्धान्त र कुनै कार्यक्रम नभएका गठबन्धनको उदेश्य एमाले हराउनुमात्र रहेको भन्दै उनले सिटको हिसाबले केही तलमाथि भएपनि लोकप्रिय मतको हिसाबले एमाले पहिलो रहेको दावी गरे ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया