प्रचण्ड र माधवलाई एमालेले प्रधानमन्त्रीको प्रस्ताव गरेको छैन : उपाध्यक्ष ज्ञवाली
काठमाडौं । एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री बनाउन कुनै प्रस्ताव नगरिएको दावी गरेका छन् ।
एमालेबाट उहाँहरूलाई प्रधानमन्त्री बनाउने कुनै प्रस्ताव नगरिएको भन्दै आफ्नो भाउ बढाउन त्यस्तो अभिव्यक्ति आएको हुनसक्ने बताए ।
‘एमालेले आधिकारी रूपमा प्रचण्ड वा माधवजीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरिएको छैन । ‘उहाँहरूले आफ्नो भाउ बढाउन त्यस्ता अभिव्यक्ति दिएका हुन्’, ज्ञवालीले भने, ‘कुनै नेताले भेट भएको बेला अनौपचारीक गफ गरेको भए बेग्लै कुरा हो ।’
त्यस्तै उनले नेता घनश्याम भुसालमाथिको कारवाही उचित नभएको बताएका छन् । आन्तरिक पार्टी एकतालाई थप सुदृढ बनाएर लैजानु पर्ने समयमा कारवाहीको प्रकृयाले कसैको हित नगर्ने उनको भनाइ छ ।
‘नेतृत्वको आलोचना गरेकै आधारमा अनुशासन आयोगले कारवाही प्रक्रिया अगाडि बढाउनु ठीक हुँदैन । कसैलाई चित्त बुझेको छैन भने पार्टी बैठकमा बोलाएर छलफल गर्न सकिन्छ । स्थितिलाई थप चर्काएर लैजानु उचित हुँदैन’, ज्ञवालीले भने ।
नेपालमा वामपन्थी एकताको आवश्यकता भएपनि आगामी चुनाव यता वाम एकताको कुनै सम्भावाना नभएको बताए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया