पृथ्वी राजमार्गमा एकतर्फी यातायात सञ्चालन
दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका ४, साँखर ड्याममा सडक भासिएपछि अवरुद्ध भएको राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।
शुक्रबार बिहानैदेखि अवरुद्ध भएको राजमार्ग दिउँसो २ बजेपछि एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । यातायात सुरु गराउन भित्ता काटिएकाे थियाे ।
सडक भासिएको ठाउँमा बा १० च ४६७९ नम्बरको कार एउटा कार समेत पुरिएको छ । कार पुरिँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमध्ये गोरखाको छोप्राक घर भई हाल आँबुखैरेनी गाउँपालिका-२ का ३५ वर्षीय केशव घिमिरे रहेको र अर्का मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया