पृथ्वी राजमार्गमा एकतर्फी यातायात सञ्चालन
दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका ४, साँखर ड्याममा सडक भासिएपछि अवरुद्ध भएको राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।
शुक्रबार बिहानैदेखि अवरुद्ध भएको राजमार्ग दिउँसो २ बजेपछि एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । यातायात सुरु गराउन भित्ता काटिएकाे थियाे ।
सडक भासिएको ठाउँमा बा १० च ४६७९ नम्बरको कार एउटा कार समेत पुरिएको छ । कार पुरिँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमध्ये गोरखाको छोप्राक घर भई हाल आँबुखैरेनी गाउँपालिका-२ का ३५ वर्षीय केशव घिमिरे रहेको र अर्का मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया