एकै दिन दुई ठाउँमा बाघको आक्रमण
चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा एकै दिन दुई ठाउँमा बाघले आक्रमण गरेको छ ।
ती घटनामा दुई जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२३ स्थित हरियाली सामुदायिक वनमा बाघले आक्रमण गरेको छ। भरतपुर २४ का ४३ वर्षीय राजेश वाइवालाई बाघले आक्रमण गरेको हो ।
स्थानीय ६० वर्षीय कृष्णबहादुर लामासँगै राप्ती नदी हेर्न गएको समयमा वाइवालाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । घाइते वाईवाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको छाती र कुममा चोट लागेको छ ।
बिहान तरकारी टिप्न खेतमा जाने क्रममा राप्ती नगरपालिका–१ का ४३ वर्षीय इन्द्रबहादुर थिङ (वाइवा) लाई अर्को बाघले आक्रमण गरी घाइते बनाएको थियो ।
घाइते थिङको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । राप्तीमा आक्रमण गर्ने बाघलाई निकुञ्जले नियन्त्रणमा लिएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले बाघलाई नियन्त्रणमा लिएको हो ।
उक्त बाघलाई निकुञ्जको सौराहा सेक्टरमा रहेको खोरमा राखिने छ । उक्त भाले बाघको उमेर भने खुलेको छैन । यसअघि नियन्त्रणमा लिइएका दुई वटा बाघ कसरास्थित खोरमा राखिएको छ ।
चितवनमा पछिल्लो समय बाघको आक्रमण बढेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गएको ११ महिनामा बाघको आक्रमणबाट १५ जनाको मृत्यु भएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया