NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १९ गते

ब्राड पिटद्वारा एन्जिलिना जोलीविरुद्ध मुद्दा दायर

हलिउड अभिनेता जोनी डेपले पूर्वपत्नी एम्बर हर्डविरुद्धको मानहानीको मुद्दा जितेसँगै अर्का अभिनेता ब्राड पिटले पनि पूर्व पत्नीविरुद्ध मानहानीको मुद्दा दायर गरेका छन् ।

उनले पूर्वपत्नी एन्जीलिना जोलीविरुद्ध आफ्नो मिरावल वाइनको व्यवसायलाई नियतवश नोक्सान पुर्याउन खोजेको र प्रतिष्ठामा आँच पुर्याएको आराप लगाएका छन् ।

यस्तो आरोप लगाउँदै उनले अदालतमा जोलीविरुद्ध मुद्दा दायर गरेका हुन् । वैवाहिक सम्बन्धमा हुँदा मिलावल वाइनको व्यवसायमा जोली र पिट दुवैको सह स्वामित्व थियो । जोलीले पिटको सहमतिबिना नै उक्त सेयर एक अपरिचित व्यक्तिलाई बेचेको दाबी गरेका छन् ।

सोही भाइनयार्डमा यी जोडीले सन् २०१४ मा विवाह गरेका थिए । तर, सम्बन्ध विच्छेदको चार वर्षपछि जोलीले आफ्नो सेयर टेनुट डेल मोन्डोलाई बेचिन् । आफ्नो सहमतिबिना नै अरुलाई सेयर विक्रि गर्नुलाई पिटले विश्वासघात भएको दाबी गरेका छन् ।

उनले जोलीले मिरावलको सफलतामा जोलीले कहिल्यै योगदान नगरेकोसमेत जनाएका छन् । अदालतमा पिटले दिएको बयानमा जोलीले उक्त सेयर विक्री गर्दा पिटलाई ढाँटेको र सम्झौताविपरित काम गरेको जनाईएको छ । योसँगै जोलीले मिरावल वाइन्सको व्यवसाय प्रतिष्ठामा आँच पुर्याउने काम गरेको बयानमा उल्लेख छ ।