जिसस कपिलवस्तुमा रोचक हारजित

कपिलवस्तु । कपिलवस्तु जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा (एमाले) का बाबुराम आचार्य निर्वाचित भएका छन् । प्रमुखका उम्मेदवारले बराबर मत प्राप्त गरेपछि गोलाप्रथाबाट आचार्य निर्वाचित भएका हुन् ।
उपप्रमुखमा एमाले, लोसपा र राप्रपा गठबन्धनबाट रमेश कुर्मी निर्वाचित भएका छन् । मत बराबर भएपछि जिल्ला समन्वय समितिका ६ सदस्यको समेत गोलाप्रथाबाटै चयन गरिएको थियो । सदस्यहरुमा कांग्रेसका सुनिता चमार, माओवादी केन्द्रका राजेन्द्रप्रसाद कुर्मी, कांग्रेसका मनोहर धुनियाँ र जसपाका रामु अहिर निर्वाचित भएका छन् ।
यस्तै गोलाप्रथाबाटै सदस्यमा एमालेकी शकुन्तला भण्डारी र सुमित्रा दमाई तथा जसपाकी सन्ध्या पौडेल खान निर्वाचित भएका छन् । समन्वय समितिको निर्वाचनमा कांग्रेसले जनता समाजवादी पार्टी (जसपा) नेपाल र माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो । एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सित चुनावी तालमेल गरेको थियो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया