सवारी दुर्घटनामा युवकको मृत्यु
कैलाली । गोदावरी नगरपालिका-५ मा आज सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोदावरी नगरपालिका-५ गेटाका २० वर्षीय सुवास चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
उनका अनुसार अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको चालक गोदावरी-८ का ललित चौधरीले चलाएको से १ त ३१०१ न को ट्रयाक्टरले सोही दिशातर्फ जाँदै गरेका गोदावरी-५ गेटाका चौधरीले चलाएको च्याङ्फालाई ठक्कर दिँदा चालकको टाउकामा शरिरमा गम्भीर चोट लागेर बनाएको थियो ।
घाइते चौधरीलाई सुरुमा धनगढी स्थित माया मेट्रो अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको र उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
दुवै सवारी साधन र ट्रयाक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया