सवारी दुर्घटनामा युवकको मृत्यु

कैलाली । गोदावरी नगरपालिका-५ मा आज सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोदावरी नगरपालिका-५ गेटाका २० वर्षीय सुवास चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
उनका अनुसार अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको चालक गोदावरी-८ का ललित चौधरीले चलाएको से १ त ३१०१ न को ट्रयाक्टरले सोही दिशातर्फ जाँदै गरेका गोदावरी-५ गेटाका चौधरीले चलाएको च्याङ्फालाई ठक्कर दिँदा चालकको टाउकामा शरिरमा गम्भीर चोट लागेर बनाएको थियो ।
घाइते चौधरीलाई सुरुमा धनगढी स्थित माया मेट्रो अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको र उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
दुवै सवारी साधन र ट्रयाक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।
ताजा अपडेट
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
प्रतिक्रिया