NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

मृगौला पीडित धादिङका भोजबहादुर थापा मगरलाई सहयोगको अपिल

काठमाडौं । नेपाल कांग्रेस, नीलकण्ठ नगरपालिका वडा नं २ धादिङका सभापति भोजबहादुर थापा मगरको दुवै मृगौला फेल भएको छ । मृगौला फेल भइ हाल त्रिवी शिक्षण अस्पतालमा उपचाररत मगरको सहयोगका लागि नेपाली कांग्रेस शिक्षा विभाग सुझाव संकलन कार्यदल(बागमती प्रदेश) का सदस्य राम बन्जाराले अपिल गरेका छन् ।

नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघमा क्रियाशील हुँदै नेपाल मगर संघ तथा अन्य सामाजिक सस्थामा संलग्न मगरको परिवारमा बुबा, आमा, श्रीमती, भाइ बहिनी र छोराहरु छन् ।

सामान्य आर्थिक अवस्था भएका ३१ वर्षिय मगरको सहयोगको लागि यतिबेला  नेपाली कांग्रेस धादिङले पनि अपिल गरिरहेको छ ।

सहयोग गर्न इच्छुकले सानिमा बैंकमा रहेको उनकी श्रीमती शारदा थापा मगरको खाता नंबर ००४०११०९०००४९७६ मा सहयोग गर्न सक्नेछन् । उनको सम्पर्क नंबर ९८४३८३८३०८ र ९८४१०६३४४१ रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष