अज्ञात रोगले बंगुर मर्न थाले

झापा । अज्ञात रोगका कारण खोरमै बंगुर मर्न थालेपछि मेचीनगर नगरपालिका–६ का भक्तबहादुर राई चिन्तित बनेका छन् । एक हप्ताको अन्तरालमा उनले पालेका ५८ उन्नत जातका बंगुर मरिसकेका छन् ।
स्माट एग्रो फर्म नामक संस्था दर्ता गरेर विगत दुई वर्षदेखि राईले ४७ लाख रुपैयाँको लागतमा मेचीनगर–८ स्थित मङ्गलचोकमा बंगुर पाल्नु सुरु गरेका थिए । फार्ममा रहेका ९४ विभिन्न प्रजातिका बंगुरमध्ये ५८ अज्ञात रोगका कारण मरेका छन् । उनले भने“बाँकी बंगुरलाई कसरी जोगाउने भन्ने चिन्ता थपिएको छ । ”
ल्याण्डप, पाख्रीबास, डिउरो, होल्याण जस्ता उन्नत जातका बङ्गुरपालन गरेका राईको खोरमै दैनिक ६ देखि सात सम्म १३० केजीसम्मका बंगुर मर्न थालेपछि उनलाई बाँकी रहेका बंगुर जोगाउन मुस्किल परिरहेको छ । “हप्तादिनको अवधिमा ५० किलोदेखि १३० किलोसम्मका बंगुर भटाभट मरे”, उनले भने, “पाठापाठीको त हिसाबै राखेका छैनन् । मरेकामध्ये पाँच ठूला बंगुरको मात्र इन्स्योरेन्स गरेको थिएँ ।”
बङ्गुरमा छेरौटी, उच्च ज्वरो, आहारा नखाने र झोक्राएर बस्नेजस्ता लक्षण देखिएको उनको भनाइ छ । हालसम्म मेचीनगर नगरपालिकाको पशुसेवा विभागले प्रयोगशाला परीक्षण नगरेको जनाएको छ ।
विभाग प्रमुख पशु प्राविधिक छत्रबहादुर राईले रोगको पहिचानका लागि जिल्लाको समन्वयमा प्रयोगशाला परीक्षणका लागि पठाउने तयारी भइरहेको बताएका छन् ।
ताजा अपडेट
-
बजेट अभावले कञ्चनपुरमा पुल निर्माणको काम प्रभावित
-
सभामुख घिमिरेले गरे संसदको अवरोध हटाउन प्रमुख दलका सचेतसँग छलफल
-
नागढुङ्गा-नौबिसे सडकमा थप ५ दिन सवारी आवागमन बन्द हुने
-
मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
-
‘प्रचण्ड’ले बोलाए प्रतिपक्षी दलहरूको बैठक
प्रतिक्रिया