यस्तो देश, जहाँ हिराभन्दा पनि महंगोमा बिक्छ कन्डम
काठमाडौं । विश्वमा एउटा यस्तो देश पनि छ, जहाँ कन्डम प्याकेटको मूल्य १०० मिलिग्राम अर्थात् आधा क्यारेट हिराभन्दा बढी हुन्छ ।
दक्षिण अमेरिकी देश भेनेजुएलामा आधा क्यारेटको हीरा ८० हजार रुपैयाँमा पाइन्छ भने गर्भनिरोधको अस्थायी साधान कन्डमको मूल्य झन्डै १ लाख रुपैयाँ पर्छ ।
भेनेजुएलामा गर्भपतन गैरकानूनी छ र यहाँ गर्भनिरोधक साधानहरु अत्यधिक महंगो मूल्यमा बिक्री हुन्छन् । भेनेजुएलाका मानिसहरूले कन्डमको एउटा प्याकेटका लागि १ लाख रुपैयाँसम्म तिर्छन् ।
मूल्य जति बढेपछि कन्डमका प्याकेट किन्ने मानिसको भीड लागिरहेको हुन्छ । त्यहाँ गर्भनिरोधक चक्कीको मूल्य पनि उस्तै छ ।
देशमा गर्भपतनको नियम निकै कडा छ । कसैले पनि भ्रूण गर्भपतन गरेको पाइएमा कडा सजाय हुन्छ । भेनेजुएलाको बजारमा स्थानीय रूपमा ब्रान्डेड गर्भनिरोधक चक्कीहरू पनि उपलब्ध छन्, तर ती पूर्ण रूपमा सुरक्षित नभएका कारण मानिसहरु महंगो मूल्य तिरेर भए पनि कन्डम किन्छन् ।
अधिकांश मानिसहरुले कन्डम र चक्कीजस्ता गर्भनिरोधकहरूमा हरेक महिना आफ्नो आधा तलब खर्च गर्ने गरेको बताइन्छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया