राजस्व अनुसन्धान विभागका महानिर्देशक पौडेलको सरुवा

काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलको सरुवा भएको छ ।
नियुक्त भएको ९ महिनापछि उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको हो । त्यसअघि उनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशक थिए ।
उनको कार्यअवधीभर विभागले ६९ वटा मुद्दा दर्ता गरेको छ भने त्यसबाट १० अर्ब बढी बिगो जरिवाना तोकिसकेको विभागले जनाएको छ । यो अवधीभर ४६ वटा विदेशी विनिमय अपचलनमा मुद्दा दायर भएको छ । त्यस्तैगरि ७८ जना प्रतिवादी रहेको उक्त मुद्दामा एक अर्ब १० करोड २१ लाख ४७ हजार सात सय ८४ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।
पौडेलको कार्यकालमा विभागले ६ सय ६८ वटा सवारीलाई भीसीटीएसमा कारवाही गरेको छ । यसबाट तीन करोड ४३ लाख २६ हजार ६ सय राजश्व संकलन भएको छ ।
ताजा अपडेट
-
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
-
मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली
-
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !
-
‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
-
ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना
प्रतिक्रिया