क्यानाडाका प्रधानमन्त्रीलाई दोस्रोपटक कोरोना संक्रमण
ओट्वा । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनलाई यो दोस्रोपटक कोरोना भाइरसको सङ्क्रमण भएको जनाइएको छ ।
प्रधानमन्त्री जस्टिनले सोमबार आफूलाई कोरोना भाइरस सङ्क्रमण भएको र दोस्रो पटक आफूलाई भएको ट्वीटरमार्फत् जानकारी गराएका हुन् ।
उनले आफूलाई कोरोना भाइरसको सङ्क्रमण भए पनि त्यस्तो कुनै स्वास्थ्य समस्या भने नदेखिएको बताएका छन् । उनले ट्वीटमा लेखेको छन्, ‘मैले कोरोना भाइरसका विरुद्धको सबै मात्रा खोप लगाएको छु, त्यसैले मलाई कुनै असर देखिएको छैन । त्यसैले तपाइँहरु पनि सबैले यो खोप लगाउनुहोला ।’
गत हप्तामात्र उनले अमेरिकी सहर लस एन्जेलसको भ्रमण गरेका थिए । त्यस क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसहित अरु पनि केही अमेरिकी अधिकारीसँग भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री जस्टिनको कार्यालयका अनुसार उनी आइतबार अमेरिकाबाट स्वदेश फर्किएका थिए र सोमबार पूर्व निर्धारित बैठकमा सहभागी भए ।
उनलाई कुनै पनि स्वास्थ्य समस्या नदेखिएको भए पनि हाल एकान्तमा बस्ने र केही दिन जनस्वास्थ्यका मापदण्डहरु पालना गर्दै घरमै एकान्तमा रहेर कार्यालयको काम गर्नेछन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया