रुपन्देहीमा युवतीको रहस्यमय मृत्यु
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ स्थित सेमरीचोककी २५ वर्षीया युवतीको रहस्यमयी मृत्यु भएको छ । सुविना गिरीको शव झुन्डिएको अवस्थामा फेला परेको परिवारको दाबी छ ।
पति सन्जु गिरीले आफूहरुले सञ्चालन गर्दै गरेको होटलमा राति करिब १ बजे झुन्डिएको अवस्थामा फेला परेको र उद्धार गरी अस्पतालमा लगेको दाबी गरेका छन् ।
सन्जुले राति २ बजे क्रिमसन अस्पताल मणिग्राममा ल्याउँदा चिकित्सकहरुले मृत घोषणा गरेका थिए । तर सुविनाका माइती पक्षले उनका पति अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न माग गरेकी छिन् ।
इलाका प्रहरी कार्यालय बुटवलले घटनाको प्रारम्भिक अनुसन्धान थालेको छ । सुविनाको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । मृतकका २ जना नाबालक छोराछोरी छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया