सिक्किममा कबड्डी-४ को प्रदर्शनमा रोक

काठमाडौं । सिक्किममा नेपाली चलचित्र कबड्डी-४ को प्रर्दशनमा रोक लगाइएको छ । कबड्डी-४ ले बौद्ध धर्म र भिक्षुलाई अन्याय गरेको भन्दै सिक्किममा उक्त चलचित्र रोक गर्न माग गरिएको थियो ।
बौद्ध भिक्षु फुर्वा तामाङ र चलचित्रकी नायिका मेरुना मगरको विवादपछि सिक्किममा प्रदर्शन रोक लगाइएको हो ।
कबड्डी-४ ले लामाको आस्थामा प्रहार भएको भन्दै चलचित्र सिक्किममा प्रर्दशन भएमा सबै लामाहरु सडकमा उत्रिने सिक्किमका बौद्ध धर्मगुरु ओङदी पिन्त्सोले जेठ २२ गते पत्रकार सम्मेलन गरेका थिए ।
सोही विवाद समाधान नहुन्जेलसम्म चलचित्र सिक्किममा रोक गर्ने सिक्किम सरकारले निर्णय गरेको हो ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया