सुनको मुल्य घट्यो, चाँदी स्थिर
काठमाडौं । बुधबार सुनको मूल्य ६ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन प्रतितोला ९७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन अघिल्लो दिनको तुलनामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको हाे ।
तेजावी सुनको मूल्य मंगलबार ९६ हजार ६ सय रुपैयाँ कायम भएको थियो । महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर छ । मंगलबार प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भएको चाँदी आज सोही मूल्यमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया