युक्रेनका राष्ट्रपति र क्यानडाका प्रधानमन्त्रीबीच रक्षा सहयोगबारे वार्ता
किएभ । युक्रेन राष्ट्रपति र क्यानडाका नेताका बीचमा युक्रेनका लागि आवश्यक रक्षा सहयोगका बारेमा छलफल भएको बताइएको छ । युक्रेन राष्ट्रपति भोलोदमिर जेलिन्स्किी र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउबीच सो वार्ता भएको हो ।
त्यस वार्ताका क्रममा उनीहरुका बीचमा हाल युक्रेनलाई आवश्यक पर्ने रक्षा सम्बन्धी सहयोगको आदान प्रदान गर्ने विषयमा छलफल भएको बताइएको छ ।
युक्रेन राष्ट्रपति जेलिन्स्किीले मंगलबार ट्वीट गरेर दिएको जानकारीअनुसार उनी र क्यानडाका प्रधानमन्त्रीका बीचमा फोनमा वार्ता भएको थियो र युक्रेनलाई आगामी दिनमा आवश्यक पर्ने रक्षासम्बन्धी सहयोगका बारेमा कुराकानी भएको थियो ।
रुसले अहिले पनि युक्रेनमा हमला गरिरहेकाले यहाँ प्रतिरक्षाका लागि सहषेग आवश्यक रहेको बताइएको छ ।
यसअघि पनि क्यानडाले युक्रेनलाई रक्षा सम्बन्धी सहयोग गर्दै आएको बताइएको छ । गत हप्तामात्र क्यानडाका रक्षामन्त्री युक्रेनको भ्रमणमा पुगेर आवश्यक सहयोग उपलब्ध गराउने बताएका थिए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया