नेपालमा पहिलोपटक महिलाको लागि र्याफिटिङ तालिम
काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले सुरु गरेको जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत असार १ गतेबाट सुनकोशी गाउँपालिकाको बलेफिमा १५ दिने महिला रिभर गाइड तालिम सुरु भएको छ ।
एसटीएलआरपी परियोजनासंगको साझेदारीमा नेपाल एसोसियसन अफ र्याफ्टिङ्ग एजेन्सीज (नारा) को आयोजनामा विभिन्न जिल्लाका ५३ जना महिलालाई निःशुल्क रुपमा तालिम प्रदान गर्न लागिएको हो ।
तालिमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालमा पहिलो पटक महिलाहरुका लागिमात्र आयोजना गरिएको यो तालिमले जल पर्यटनमा जनशक्तिको विकासमा कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको बताए ।
सीइओ रेग्मीले यो तालिमलाई तालिमका रुपमा मात्र नलिई यस क्षेत्रमा नै करियर बनाउने गरी काम गर्न आग्रह गर्दै बोर्डले नारासँगको सहकार्यमा थप तालिम प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का पोर्टपोलियो म्यानेजर कल्पना सरकारले कोभिड १९ पछि पर्यटन मजदुरहरु सबैभन्दा समस्यामा परेकोले उनीहरुको जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले एसटीएलआरपी परियोजना सुरु गरिएको जानकारी दिँदै महिलाहरुका लागि मात्रै आयोजना गरिएको यो तालिमले महिला शशक्तिकरण,रोजगारी सिर्जनासँगै यस क्षेत्रमा भएको जनशक्तिको कमीलाई परिपूर्ती गर्ने बताए ।
नेपाल एसोसियसन अफ र्याफ्टिङ्ग एजेन्सीज (नारा) का अध्यक्ष शिव अधिकारीले नेपालको इतिहासमै पहिलोपटक पर्यटन बोर्ड तथा एसटीएलआरपी परियोजनासँगको सहकार्यमा नाराले महिला रिभर गाइडको निशुल्क तालिम सन्चालनमा ल्याएको जानकारी दिँदै तालिमबाट उत्पादिन जनशक्तिलाई नाराले रोजगारीको ग्यारेन्टि गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नदी सफा र सुरक्षित राख्न गाउँपालिकालाइ सुझाब दिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया