प्रधानमन्त्री देउवाको स्वास्थ्यबारे संसदमा प्रश्न
काठमडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य अवस्थाबारे संसदमा प्रश्न उठेको छ । नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य अवस्थाबारे सभामुखसँग प्रश्न गरेका हुन् ।
अमेरिकाले अघि सारेको स्टेट पार्टनरसिप प्रोगाम(एसपिपी) माथि प्रधानमन्त्री देउवा संसदमा उपस्थित भएर जवाफ दिने कार्यक्रम थियो ।
तर देउवाले आफु उपस्थित नभएर गृह मन्त्री बालकृष्ण खाँडलाई अघि सारेपछि सांसद सुवालले स्वास्थ्य अवस्था खराब भएको अवस्थाबाहेक प्रधानमन्त्री स्वयम्
संसदमा उपस्थित भएर जवाफ माग गरेका हुन् । स्वास्थ्य अवस्था खराब भएको भए त्यसको जानकारी हुनुपर्ने माग गरेका हुन् ।
अमेरिकाले अघि सारेको स्टेट पार्टनरसिप प्रोगाम(एसपिपी) सम्झौताका लागि अमेरिका भ्रमणमा जान लागेको विषयलाई लिएर प्रधानमन्त्री देउवा यतिबेला विवादमा छन् ।
प्रतिनिधि सभा बैठकमा अधिकांश सांसदहरूले उनको भ्रमणबारे सांसदमा आएर जवाफ दिन माग गरेका थिए । तर, कार्यव्यस्ततालाई कारण बनाउँदै प्रधानमन्त्री देउवा आज सांसदमा हाजिर भएनन् । उनको जवाफ बोकेर गृहमन्त्री बालकृष्ण खाँड संसदमा हाजिर भएका छन् ।
प्रधानमन्त्री देउवा यो विषयमा जवाफदेही नभएको भन्दै सुवालले उनको उपस्थितीका माग गरेका हुन् । ‘सामान्य बैठकले संसदलाई छोड्न मिल्दैन,’ उनले भने, ‘अस्पतालमा भर्ना भएको भए डाक्टरको प्रेस्कृप्सन चाहियो । विरामी भएको र कार्य व्यवस्तताको नाममा सधैं अरुलाई जवाफ पठाएर पन्छिन मिल्दैन ।’
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया